जोडिनुहोस
  • होमपेज
  • गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : ओली

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र भएको बताएका छन् ।

१७औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैँले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिनका रूपमा रहेको उल्लेख गरेका छन् ।उनले भनेका छन्– ‘आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ । कहिलेकाहीँ हामी गलतलाई चुन्न सक्छौँ, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन ।’

उनले नेपाली जनताले अधिकार पाएको उल्लेख गर्दै कर्तव्य पनि भुल्न नहुने बताएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics