जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • महाकालीमा हाम फालेर एक किशोरी बेपत्ता

महाकालीमा हाम फालेर एक किशोरी बेपत्ता

धनगढी– महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छिन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ वर्षीया धनिशा कुँवर महाकालीमा बेपत्तामा भएकी हुन् ।शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा ती किशोरी हाम फालेकी थिइन् ।

दिदीको घरमा बस्दै आएकी किशोरी महाकालीमा हाम फालेको भिडियो सार्वजनिक भएको छ । महाकालीको किनारको पिल्लर समातेर उभिरहेकी किशोरी आफू नजिक उद्धारका लागि सुरक्षाकर्मी पुगेपछि महाकालीमा हाम फलेको भिडियोमा देख्न सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार किशोरीको खोजी जारी रहेपनि अहिलेसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Cashback abuse prevention and user impact