जोडिनुहोस
  • होमपेज
  • योगेशले प्रयोग गरेको ‘हिंसा’ शब्दबारे छानबिन गर्न सभामुखको निर्देशन

योगेशले प्रयोग गरेको ‘हिंसा’ शब्दबारे छानबिन गर्न सभामुखको निर्देशन

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दबारे छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् । बुधबारको बैठकमा सांसद भट्टराईले माओवादीप्रति आक्रमक हुँदै ‘हिंसा’का कारण मुलुकमा विद्युत उत्पादन नभएको बताएका थिए । उनले माओवादीले ठाउँ ठाउँमा जलविद्युत् व्यवसायीमाथि चन्दा आतंक र लुटपाट हुँदा २०६३ मै लोडसेडिङ मुक्त हुने देशले २०७५ सालसम्म कुर्नुपरेको बताएका थिए । त्यसपछि माओवादी केन्द्रका सांसदहरू माधव सापकोटा र देवेन्द्र पौडेलसहितले नियमापत्ति जनाए । माओवादीको विरोधपछि सभामुख घिमिरेले भट्टराईले बोलेको ‘हिंसा’ शब्दबारे छानबिनका लागि संसद् सचिवालयलाई निर्देशन दिएका हुन् । सभामुखको निर्देशनपछि एमाले सांसद भट्टराई र रघुजी पन्तलले माओवादीको जनयुद्धलाई ‘हिंसा’ नै भन्दै संसद्‍मा बोल्न पाइने बताए । त्यसमा पनि माओवादी सांसदहरूले विरोध गरेपछि उक्त शब्दबारे यसअघि नै निर्देशन दिइसकेको भन्दै सभामुख घिमिरेले नियमित प्रक्रियामा फर्किन आग्रह गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Vegas Casino: Dragon Slots