जोडिनुहोस
  • होमपेज
  • अहिले चलिरहेका सबै परीक्षा रद्द गर्ने सरकारको निर्णय

अहिले चलिरहेका सबै परीक्षा रद्द गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले अहिले चलिरहेका सबै परीक्षा रद्द गर्ने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको बैठकले अहिले चलिरहेका सबै तहको परीक्षा रद्द गर्ने निर्णय गरेको हो।

त्यस्तै बाढी पहिरोबाट प्रभावित सबै सडक तत्काल सञ्चालनमा ल्याउन मातहतका निकायसँग समन्वय गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। त्यस्तै बैठकले बाढी पहिरोबाट घाइते भएकाहरूको निशुल्क उपचार मृत्यु भएका परिवारलाई कानुन बमोजिम क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ।

ताजा समाचार

धेरै टिप्पणी गरिएका