जोडिनुहोस
  • होमपेज
  • आज विश्व नेवाः दिवस मनाईंदै

आज विश्व नेवाः दिवस मनाईंदै

वर्ल्ड नेवाः अर्गनाइजेशनको आव्हानमा हरेक मार्च महिनाको अन्तिम शनिवार विश्व नेवाः दिवस मनाउने निर्णय अनुसार आज विभिन्न देशमा रहेका नेवार सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरेर सातौंं विश्व नेवाः दिवस मनाउँदैछन् ।

नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा वल्र्ड नेवा अर्गनाइजेशनको केन्द्रीय समितिले नेपाली समय अनुसार आज बेलुकी ८ बजे विश्व कविता सम्मेलन गर्न लागेको छ ।

त्यस्तै नेपालमा पाटन म्यूजियममा नेपाल च्याप्टरको आयोजनामा अहिले कार्यक्रम हुँदैछ । त्यस्तै दिवसको अवसरमा भारत, अमेरिका, जापान, बेल्जियम, न्यूजिल्याण्डलगायतका देशमा रहेका नेवार सङ्घ संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Vegas Casino: Dragon Slots