जोडिनुहोस
  • होमपेज
  • सुनकोशी मरिणको सुरुङ खन्ने काम उत्साहजनक, एक महिनाभित्र मुख्य सुरुङ छिचोलिने

सुनकोशी मरिणको सुरुङ खन्ने काम उत्साहजनक, एक महिनाभित्र मुख्य सुरुङ छिचोलिने

राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र छिचोलिने भएको छ । १३ किलोमिटर तीनसय मिटर लामो सुरुङको अब सातसय ९० मिटर मात्रै खन्न बाँकी रहेको आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो । उहाँकाअनुसार सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएमा एक महिनाभित्र छिचोलिनेछ ।

तराई मधेसमा वर्षैभरी सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यकासाथ शुरु गरिएको आयोजनालाई सरकारले प्राथमिकताकासाथ अघि बढाइरहेको छ । सुनकोशीको झण्डै ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ कुसुमटारमा रहेको मरिण खोलामा खसालिनेछ ।

त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको झण्डै एकलाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ । आयोजनाबाट ३१ मेगावाट बिजुली पनि उत्पादन हुनेछ । २०७९ सालको असोज २८ गतेदेखि निर्माण शुरु गरेको आयोजना २०८४ सालको असोजमा सम्पन्न गर्ने लक्ष्य छ । सुरुङ निर्माण कार्य चिनियाँ कम्पनी र बाँध निर्माण कार्य भारतीय कम्पनीले गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 188