जोडिनुहोस
  • होमपेज
  • मेक्सिकोको दक्षिणी तटमा आठ आप्रवासी मृत फेला

मेक्सिकोको दक्षिणी तटमा आठ आप्रवासी मृत फेला

दक्षिणी मेक्सिकोको ओक्साका राज्यको समुद्र तटमा शुक्रबार डुङ्गा दुर्घटनाको सिकार भएका आठ जना सन्दिग्ध आप्रवासीको शव फेला परेको अभियोजक कार्यालयले जनाएको छ ।

पीडितहरू ओक्साकाको तटमा डुङ्गामा यात्रा गर्दा दुर्घटनामा परेको अभियोजकले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । दुर्घटनामा एक व्यक्ति बाँच्न सफल भएका बताइएको छ ।

प्रारम्भिक जानकारीअनुसार फेला परेका व्यक्तिहरू आप्रवासनको लागि अमेरिकातर्फ जान लागेको हुनसक्ने देखिएको छ । दुर्घटनाका पीडितहरू एसियाली मूलका भएको विश्वास गरिएको छ ।

सान फ्रान्सिस्को डेल मारको प्लाया भिसेन्टे किनारमा शवहरू फेला परेको र उक्त मार्ग संयुक्त राज्य अमेरिका पुग्न खोज्ने मानिसहरूले बारम्बार प्रयोग गर्ने मार्ग हो ।

हजारौं कागजातविहीन आप्रवासीहरू(प्रायः आफ्नो देशमा हिंसा, अशान्ति र गरिबीबाट भागेर(प्रत्येक वर्ष मेक्सिको हुँदै अमेरिकी सीमामा पुग्ने प्रयास गर्छन् । आधिकारिक तथ्यांक अनुसार गत वर्ष मेक्सिको पार गर्दा पक्राउ परेका अधिकांश आप्रवासीहरू चीन, भारत र उज्बेकिस्तानलगायतका देशबाट आएका प्ष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to Calculate Present Value of a Bond