जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ४ घन्टा अगाडि
  • होमपेज
  • सहकारीसम्बन्धी छानबिन समितिलाई निर्बाध रूपमा काम गर्न दिऔं: गगन थापा

सहकारीसम्बन्धी छानबिन समितिलाई निर्बाध रूपमा काम गर्न दिऔं: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी बचत ठगी प्रकरणमा संलग्न मानिसहरूमाथि संसदीय छानबिन समितिले एक-एक हिसाबकिताब माग्ने बताएका छन्।

बिहीबार एक भिडिओ जारी गर्दै महामन्त्री थापाले कांग्रेसले उद्देश्यअनुसार नै संसदीय छानबिन समिति गठन भएको बताएका छन्।

‘सहकारी ठगीमा संलग्न देखिएका व्यक्तिहरूका बारेमा अध्ययन गर्नेजस्ता कुरा संसदीय छानबिन समितिको कार्यादेशमा राखिएको छ,’ थापाले भने, ‘यो समिति जे सोचेर कांग्रेसले विषय उठाएको हो त्यही अनुरूपको समिति बनेको छ। यसमा संलग्न भएका प्रत्येक मानिसको हिसाबकिताब यो समितिले माग्छ, माग्नका लागि बनाएको हो।’

उनले संसदीय छानबिन समितिलाई निर्बाध रूपमा काम गर्न दिनुपर्ने बताए।

‘छानबिन समितिमा रहेका सांसदहरूले कार्यादेश के हो भन्ने राम्रोसँग बुझ्नुभएको छ,’ थापाले भने, ‘गोरखा मिडिया नेटवर्कमा संलग्न गृहमन्त्रीलाई पनि बयानमा बोलाउने हो भनेर कार्यादेश बनाउने बेला नै प्रधानमन्त्रीसँग छलफल भएको थियो। भोलिका दिनमा भाषामा गएर कपटपूर्ण ढंगले व्याख्या गर्न पाउँदैन भनेर प्रधानमन्त्रीले भनेका कुरा सुन्ने साथीहरू नै समितिमा हुनुहुन्छ।’

उनले तीन महिनाभित्र संसदीय छानबिन समितिले काम सक्ने विश्वास पनि व्यक्त गरेका छन्।

सहकारी ठगी प्रकरणमा नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा नेतृत्वमा सात सदस्यीय संसदीय छानबिन समिति गठन भएको छ। जसमा नेपाली कांग्रेस र एमालेबाट दुई-दुई जना सांसद छन्। समितिमा माओवादी, रास्वपा र राप्रपाबाट एक-एक जना सदस्य छन्।

ठगीएका बचतकर्तालाई पीडाबाट मुक्त गर्ने र बचत फिर्ताको सुनिश्चितता गर्ने संसदीय समितिको मुख्य काम हुने पनि थापाको भनाइ छ।

‘कति दु:ख गरेर तपाईंहरूले कमाएको रकम बचत गर्नुभएको हो। कसै न कसैले ठग्ने काम गर्‍यो, उसलाई सजाय दिनुपर्छ र ठगी गर्नेकोबाट पैसा ल्याएर भए पनि बचत फिर्ता दिनुपर्छ,’ महामन्त्री थापाले भने, ‘संसदीय समितिलाई थाहा पाएका कुरा सबैले बताउनु हुनेछ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91