जोडिनुहोस
  • होमपेज
  • काठमाडौं महानगरले सभागृहमा पीएल सिंहको पूर्णकदको सालिक बनाउने

काठमाडौं महानगरले सभागृहमा पीएल सिंहको पूर्णकदको सालिक बनाउने

काठमाडौं। काठमाडौं महानगरपालिकाको ३९औं कार्यपालिका बैठकले राष्ट्रिय सभागृह परिसरमा महानगरपालिकाका पहिलो मेयर स्वर्गीय पीएल सिंहको पूर्णकदको सालिक बनाउने निर्णय गरेको छ ।

हिजो बसेको बैठकले स्व. सिंहले नगरपालिकालाई महानगर घोषणा गरेसँगै स्थानीय स्वायत्तता, स्वशासन र सुशासनमा पुर्याउनु भएको योगदानको सम्मानमा सालिक बनाउने निर्णय गरेको हो । वि. सं. १९९६ साल चैत ११ गते जन्मनुभएका सिंहको यही १ गते निधन भएको थियो ।

यस्तै बैठकले ‘सहकारी ऐन २०७४’, ‘शिक्षा ऐन २०७५’, ‘राजस्व ऐन २०७५’, ‘विवाद निरूपण कार्यविधि ऐन २०७५’, ‘वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७’, ‘कर्मचारी सेवा ऐन २०७७’, ‘महानगर प्रहरी ऐन २०८०’, ‘जनप्रतिनिधिहरूको सुविधासम्बन्धी ऐन २०७९’, ‘होस्टेल कार्यविधि २०७९’ लाई पुनर्लेखन तथा संशोधनका लागि सहमति दिएको छ । यस्तै बैठकले ‘सञ्चार तथा सूचना ऐन २०८१’ को नियमावली तथा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road Games for Real Money with 100 Deposits 2026