जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • आज २०८१ साल जेठ १८ गते शुक्रबारको राशिफल

आज २०८१ साल जेठ १८ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

वृषः आफन्तसँगको भेटले समय रमाइलो हुनेछ। लगानीको क्षेत्रमा प्रगति हुनेछ। आफ्नो विषय वा क्षेत्रमा तपाईं सफल बन्ने दिन छ। एउटा काम गर्दा दोहोरो फाइदा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः सुन्दर बन्न मन लाग्नेछ। शेयर कारोबारमा फाइदा हुने देखिन्छ। काम गर्ने जाँगर बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः सानो गल्तीले बन्न लागेको काम बिग्रने जोखिम देखिन्छ। चुनौतीको सामना गर्नुपर्ने दिन छ। सामाजिक कामको आलोचना हुनेछ। प्रेममा संकट देखिन सक्छ।

सिंहः समय राम्रो छ। गुमेको धन प्राप्त हुने योग छ। परिवारसँगको सहकार्यले योजना सफल हुनेछन्। धर्म र परोपकारमा मन जानेछ। सम्मान प्राप्त हुने योग छ। शिक्षाको क्षेत्रमा उत्साह मिल्नेछ।

कन्याः नयाँ कामको सुरुवात हुनेछ। भौतिक सुख र सुविधामा मन जानेछ। निरन्तरको मेहनतले सफलता प्राप्त हुनेछ। आर्थिक कारोबार सफल देखिन्छ। कर्मचारी हुनुहुन्छ भने बढुवाको योग छ।

तुलाः जुनसुकै काम गर्ने आत्मविश्वास बढेर जानेछ। शेयर कारोबारमा राम्रो फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जाने देखिन्छ। सोचेका सबै काम बन्नेछन्।

वृश्चिकः चुनौतीको सामना गर्नुपर्ने दिन छ। राज्यको भयले सताउने देखिन्छ। परिवारमा झगडा देख्नुपर्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग छ।

धनुः नाम र दाम कमाउने दिन छ। यात्रा सफल बन्नेछ। नयाँ योजना बनाउनु भएमा प्रभावकारी हुनेछ। परिवारको सुख प्राप्त हुनेछ। तपाईंको क्षमताको प्रशंसा हुनेछ। संगीत क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मकरः बोलीको प्रभावमा काम बन्नेछ। तपाईंसँग अरु मानिस प्रभावित हुनेछन्। दिन मनोरञ्जनमा बित्नेछ। व्यापारमा नाफा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ।

कुम्भः प्रेम सम्बन्ध सुमधुर बन्नेछ। ठुलो प्रतिष्ठा प्राप्त हुनेछ। न्यायिक क्षेत्रमा सफलता हात लाग्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ।

मीनः दिन मध्यम छ। जति फाइदा हुन्छ उति नै सम्पत्ति गुम्ने खतरा देखिन्छ। ठुलो लगानी नगर्नु राम्रो होला।आर्थिक कारोबारमा सचेत हुनु राम्रो हुन्छ। बोल्नु अगाडि एक पटक सोच्नुपर्छ। आफ्नो भनिएको साथीसँग जोगिएर काम गर्नु राम्रो हुनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91