जोडिनुहोस
  • होमपेज
  • टाइगर नामको कुकुरले पायो ‘उत्कृष्ट प्रहरी कुकुर’ को उपाधि

टाइगर नामको कुकुरले पायो ‘उत्कृष्ट प्रहरी कुकुर’ को उपाधि

काठमाडौं। नेपाल प्रहरीले यस वर्ष ‘टाइगर’ नामको कुकुरलाई ‘उत्कृष्ट प्रहरी कुकुर’ को उपाधिबाट सम्मानित गरेको छ ।

कुकुरको पूजा गरेर मनाइने कुकुरतिहारका दिन पारेर आज ‘टाइगर’लाई सम्मान दिइएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी केनाइन कार्यालयका अनुसार सिन्धुपाल्चोक र नुवाकोटमा दुई महिलाको हत्या भएका घटनाको अनुसन्धान गर्न यो कुकुरले सघाएको थियो ।

हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषधिको पहिचान र प्राकृतिक विपद्का घटनामा उद्धार तथा खोजी कार्यमा नेपाल प्रहरीले तालिमप्राप्त कुकुर प्रयोग गर्दै आएको छ । अहिले नेपाल प्रहरीले देशभरिका १२ ठाउँबाट विभिन्न प्रजातिका १०० वटा कुकुरलाई अपराध अनुसन्धानमा परिचालन गर्दै आएको छ ।

यसैबीच नेपाल प्रहरीले काठमाण्डौको सामाखुशीमा रहेको कुकुर तालिम केन्द्रमा कुकुरलाई अबिर, माला खानेकुरा दिएर कुकुर तिहार मनाएको छ । त्यसअवसरमा कुकुरहरूको कला पनि प्रदर्शन गरिएको थियो ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options