जोडिनुहोस
  • होमपेज
  • ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा ‘हेर्न नभ्याउने’मा

५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा ‘हेर्न नभ्याउने’मा

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको मुद्दा बुधबार पनि हेर्न नभ्याउने अवस्थामा पुगेको छ ।

सर्वोच्च अदालतले पेसी सूची तयार पार्ने क्रममा संवैधानिक पदाधिकारीहरुको नियुक्ति प्रक्रियामा प्रश्न उठाइएका सबै मुद्दाहरुलाई अरु दुई दर्जनपछि मात्रै पालो आउने गरी राखेको हो । छिटोछरितो रुपमा सुनुवाइ भएपछि अधिवक्ता ओमप्रकाश अर्याल लगायतले छुट्टाछुट्टै दर्ता गरेका निवेदनहरु पालो नआउने अवस्थामा पुगेका छन् ।

चार वर्षअघि दर्ता भएका रिट निवेदनहरुको सुनुवाइ पटक-पटक सर्दै आएको छ । अघिल्लोपटक १७ भदौमा पेसीमा परेको मुद्दा चार महिनापछि पालो तोकिएको थियो ।

बुधबार पनि ‘हेर्न नभ्याइने’ अवस्थामा पुगेको मुद्दाको सुनुवाइको पालो अब कहिले तोकिने हो ? यकिन भइसकेको छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका