नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेस गर्ने भनिएको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिने लगायतका अजेन्डा रहेको थियो ।
भोली देखी सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गर्न लागेको ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन टुङ्ग्याउनका लागि आज बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजेबाट सुरु हुने भनिए पनि अन्तिम समयमा स्थगित भए पछि सो बैठक भोली बिहान ८ बजे बस्ने भएको छ । स्थानीय तहको उपनिर्वाचन परिणामबाट हौसिएको माओवादी केन्द्रले २०८४ सालको निर्वाचन एक्लै लड्ने घोषणा गरिसकेको छ ।