काठमाण्डाै – दोस्रो टेस्ट क्रिकेटमा अफगानिस्तानले जिम्बावेलाई ७२ रनले हराएको छ । योसँगै अफगानिस्तानले दुई खेलको टेस्ट शृङ्खला १–० ले जितेको छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
अफगानिस्तानले दिएको २ सय ७८ रनको लक्ष्य पछ्याएको घरेलु टोली जिम्बावे चौथो दिनको खेल शुरू भएको १५ बलमै २ सय ५ रनमा अलआउट भयो । जिम्बावेका कप्तान क्रेग इरभाइनले सबैभन्दा धेरै ५३ रन बनाए । अफगानिस्तानका राशिद खानले ७ विकेट लिए ।
अफगानिस्तानले दोस्रो पारीमा रहमत शाह र इस्मात आलमको शतकको मद्दतमा ३ सय ६३ रन बनाएको थियो । जिम्बावेका ब्लेसिङ्ग मुजरबानीले ६ विकेट लिए ।
यसअघि बुलावायोको क्वीन्स स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान पहिलो पारीमा १ सय ५७ रनमा अलआउट भएको थियो । यस्तै जिम्बावेले पहिलो पारीमा २ सय ४३ रन बनाएको थियो ।