जोडिनुहोस
  • होमपेज
  • माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने

माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ ।

आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना प्रस्तुत गरेका हुन् । आर्थिक पारदर्शिताअन्तर्गत बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘केन्द्रीय पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गरिने’ उल्लेख छ ।’

केन्द्रीय पदाधिकारी मात्र होइन, दाहालको कार्ययोजनामा केन्द्रीय सदस्यहरूले पनि प्रत्येक वर्ष सम्पत्ति विवरण अद्यावधिक गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्ताव छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका