
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौं बैठकको दोस्रो दिन खाजा ब्रेकपूर्व अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूले एकीकृत समाजवादी आदिवासी जनजाति फाँटका सह-इञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराए ।
मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुन् । एमालेको बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलिसकेका छन् । स्थायी र पोलिटब्यूरोकासहित अझै ५२ जनाले बोल्न बाँकी छ ।