जोडिनुहोस
  • होमपेज
  • किशोरी बलात्कार प्रकरणमा बिर्तामोडका पूर्वप्रमुख जेल चलान

किशोरी बलात्कार प्रकरणमा बिर्तामोडका पूर्वप्रमुख जेल चलान

झापा। घरमा सहयोगी राखिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख ध्रुवकुमार शिवाकोटी सोमबार जेल चलान भएका छन् ।

झापा जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको हो ।

न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताएका छन् ।

आदेशका क्रममा न्यायाधीश जोशीले बिरामी रहेका शिवाकोटीलाई उपचार व्यवस्था गर्न पनि जिल्ला कारागार कार्यालय झापालाई आदेश दिएको छ। आइतबार बयान सकिएसँगै शिवाकोटीको मुद्दामा सोमबार आदेश आएको हो ।

घरमा कामदारका रुपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा शिवाकोटीलाई प्रहरीले गत मंसिर २४ गते बिर्तामोड नगरपालिका–५ स्थित घरबाटै पक्राउ गरेको थियो ।

पक्राउ परेदेखि नै शिवाकोटी हिरासतमा नबसी बीएण्डसी अस्पतालमा भर्ना भएका थिए ।

पटक पटक बलात्कार गरिएपछि ती किशोरी बिर्तामोड–५ स्थित शिवाकोटीको घरबाट भागेर काँकडभिट्टा पुगेकी थिइन् । किशोरीलाई काकडभिट्टाबाट उद्धार गरिएपछि शिवाकोटीलाई प्रहरीले घरबाटै पक्राउ गरेको थियो।

धेरै टिप्पणी गरिएका