
बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पपछि राहत र उद्धारमा सबै शक्ति लगाउन निर्देशन दिएका छन् ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले मंगलबार मध्यान्ह बेइजिङ र तिब्बतस्थित सरकारी अधिकारीहरूलाई निर्देशन दिँदै राहत र उद्धारमा सबै शक्ति केन्द्रित गर्न भनेका हुन् ।
चिनियाँ भूकम्प मापन केन्द्रले उक्त भूकम्पलाई ६.८ रेक्टर स्केलको भनेको छ । भूकम्पबाट अहिलेसम्म ५३ जनाको ज्यान गइसकेको छ । भूकम्पबाट कयौँ घर भत्किएको देखाइए पनि क्षतिको एकीन विवरण आइसकेको छैन ।
‘६.८ रेक्टर स्केलको भूकम्पले तिब्बतमा भएको ठूलो क्षतिपछि राष्ट्रपति सी चिनफिङले उद्धार र राहतकार्यलाई ब्यापक बनाउँदै सबै शक्ति परिचालन गर्न निर्देशन दिनु भएको छ’, सिन्ह्वाले मंगलबार दिउँसो भनेको छ ।