नयाँ दिल्ली। बलात्कार आरोपमा लामो समयदेखि जेलमा रहेका आशारामलाई भारतको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।
अदालतले आशारामलाई सन् २०१३ को बलात्कार मुद्दामा ‘मेडिकल ग्राउन्ड’मा अन्तरिम जमानत दिएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार आसारामलाई मार्च ३१ अन्तरिम जमानत मिलेको छ । कोर्टले आशारामलाई आफ्ना अनुयायीहरूलाई भेट्न नपाउने पनि आदेश दिएको छ ।
सुरतकी एक महिलाले २०१३ मा आसारामसहित अन्य सात जनाविरुद्ध बलात्कार र शरीर बन्धक मुद्दा दायर गरेकी थिइन् । अभियुक्तमध्ये एक जनाको सुनवाइका दौरान मृत्यु भइसकेको छ ।
बीबीसीका अनुसार अहमदाबादको चांदखेडा प्रहरी चौकीमा दायर भएको उजुरीमा आशारामले २००१ से २००६ सम्म महिलामाथि अहमदाबाद सहरको बाहिरी क्षेत्रमा रहेको आश्रममा महिलामाथि बलात्कार गरेको उल्लेख छ ।