
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन २०८७ सालमा मात्रै हुने बताएका छन् ।
केन्द्रीय कमिटीको हिजो (मंगलबार) बैठकको समापन गर्दै ओलीले यस्तो बताएका हुन् । केन्द्रीय कमिटीको बैठकमा १५५ जना सदस्यले आफ्ना धारणा राखेका थिए ।
उनीहरुको जवाफ दिने क्रममा ओलीले संविधान संशोधनको अवस्था नरहेको बताएका हुन् ।
उनको भनाई उद्धृत गर्दै एक नेताले भने, ’संविधान संशोधन ०८७मा मात्रै हुन्छ । तपाईंहरुले पनि राष्ट्रिय सभाको संख्या देख्नुभएको छ ।’