
काठमाडौं। अस्ट्रेलियामा एक जना नेपाली नर्सको मृत्यु भएको छ । अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको हो।
दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेकी थिइन् । यो घटना गएको बिहीबार रातिको हो ।
प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ । दीक्षाले केही समयअघि मात्रै नेपाल आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन् ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।