
काठमाडौं। न्युजिल्यान्डका क्रिकेट खेलाडी मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले नेपाल प्रिमियर लिग एनपीएलमा पनि विराटनगर किङ्सको टोलीबाट खेलेका थिए ।
३८ वर्षीय गप्टिलले आफ्नो १४ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा न्युजिल्यान्डका लागि ३ सय ६७ खेलमा १ सय ९८ एकदिवसीय १ सय २२ टी–२० र ४७ टेस्ट खेलेका छन् ।
उनले तीनै फम्र्याटमा २३ शतक प्रहार गर्दै अरु धेरै कीर्तिमानहरू बनाएका छन् । अकल्याण्ड एसिज टिमको कप्तानी गरिरहेका गप्टिलले टी–२० फ्रेन्चाइज क्रिकेट खेलिरहने बताएका छन् ।
गप्टिलले सन् २००९ देखि २०२२ सम्मको आफ्नो अन्तर्राष्ट्रिय करियर न्युजिल्यान्डको टी–२० इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको रूपमा समाप्त गरे ।