जोडिनुहोस
  • होमपेज
  • युक्रेनको दक्षिणी सहर जापोरिजियामा रुसको आक्रमण, १३ को मृत्यु, ३२ जना घाइते

युक्रेनको दक्षिणी सहर जापोरिजियामा रुसको आक्रमण, १३ को मृत्यु, ३२ जना घाइते

काठमाडौं। रुसले दक्षिणी युक्रेनी शहर जापोरिजियामा गरेको आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । आक्रमणमा परि ३२ जना घाइते भएका छन् ।

रूसले दुई निर्देशित ‘एरियल बम’ले आक्रमण गर्दा आवासीय भवनसमेत ध्वस्त भएको जापोरिजियाका क्षेत्रीय प्रमुख इभान फेडोरोभले जनाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सहयोगीलाई रुसको आतंकवादी गतिविधिविरुद्ध दबाब दिन अपिल गरेका छन् । आवासीय भवनहरु लक्षित आक्रमण गर्नुअघि रुसले ’दुई औद्योगिक एकाइहरू’ लाई लक्षित गर्दै आक्रमण गरेको थियो । युक्रेनमाथि भएको पछिल्लो आक्रमणका विषयमा रुसी सेनाले भने कुनै प्रतिक्रिया दिएको छैन ।

उता युक्रेनले भने सैन्य हवाई क्षेत्र आपूर्ति गर्ने रूसी तेल डिपोमा आक्रमण गरेको आरोप लगाएको छ । रुसी सेनाले कुस्र्क क्षेत्रमा आफ्नो कारबाही जारी राखेको रुसी रक्षा मन्त्रालयको भनाइ छ ।

यसैबीच युक्रेनको राजधानी किएभको भ्रमणमा रहेका फिनल्यान्डकी विदेशमन्त्री एलिना भाल्टोनेनले भविष्यमा हुने कुनै पनि रूसी आक्रमणविरुद्ध युक्रेनले प्राप्त गर्न सक्ने एक मात्र ‘विश्वसनीय’ सुरक्षा ग्यारेन्टी नेटोको सदस्यता रहेको स्पष्ट पारेका छन् ।

धेरै टिप्पणी गरिएका