जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओलीको स्वमूल्यांकन- साधारण र इमानदार मान्छे

प्रधानमन्त्री ओलीको स्वमूल्यांकन- साधारण र इमानदार मान्छे

प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले आफूलाई चिन्न छाडेको भन्दै आफू साधारण र इमानदार मान्छे भएको बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले विहीबार काठमाडौंमा आयोजित अनेरास्ववियुको स्ववियु चुनाव कार्यशालालाई सम्बोधन गर्ने क्रममा आफ्नै मूल्याङ्कन गरेका हुन् ।

‘‘ केपी ओली को रु को रु यति पनि बिर्सने भए यहाँ । यस्तै बिर्सिएको राम्रो । मेमोरी पावरले तिमीहरूको त्यसैगरी काम गरोस्’ ओलीले आफ्नो बारे थप व्याख्या गर्दै भने, ‘को केपी ओली भन्ने कुरा म बताउन्न । मैले थाहा पाएको भनेको, एउटा साधारण मान्छे हो । इमानदारिताका साथ काम गर्ने मान्छे हो ।’

उनले एमाले र आफूलाई सिध्याउने भन्दै धेरै मान्छे कराएको विषय उल्लेख गर्दै झिंगाले सरापेर डिंगा नमर्ने जिकिर गरे ।

‘एमालेलाई मार्छौं, सिध्याउँछौं भनेर उधुम कराए । कोही भाला लिएका छन्, कोही के लिएका छन्, कराएका छन् । यति हौसिए कि, म त भित्तामै टाँसिदिन्छु भन्न पनि भ्याए’ ओलीले भने, ‘भित्तामा टाँसेपछि फोटो भएन  ? एमाले कुनै अस्तित्वमा छैन पनि भने । के भनेको हो ? झिंगाले सराप्दा डिंगा मर्दैन । झिंगाले मरिहाल्यो भन्छ तर त्यसले सरापेर गाइभैंसी मर्दैन, त्यस्तै हो ।’

धेरै टिप्पणी गरिएका