![तरूलको व्यापार बढ्यो (तस्बिरहरु)](https://sagarmatha.tv/wp-content/uploads/2025/01/tarul_4-1736473771-Copy-1024x721.jpg)
काठमाडौं। तरुलको सिजन सुरु भएसँगै कालीमाटीमा आयात बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार २९ हजार ७ सय किलो तरुल भित्रिएको छ ।
माघे संक्रान्ति नजिकिएसँगै तरूल किन्नेहरूको कालिमाटी तरकारी बजारमा भिड लागेको छ । पुस २५ गते ३७ हजार ९ सय किलो तरुल भित्रिएको थियो । मंसिर अन्तिम साता औसत १० हजार किलो तरुल आयात हुँदै आएको थियो ।
तरुलको उत्पादन र आयात बढेसँगै मूल्य सस्तिएको छ । समितिका अनुसार शुक्रबार तरुल प्रतिकिलो अधिकतम ८० रुपैयाँ छ । एक साताअघि प्रतिकिलो ९० रुपैयाँ थियो ।
शुक्रबार कालीमाटीमा भेँडे खोर्सानी अधिकतम प्रतिकिलो ८०, पिडाँलु ९०, बकुला सिमी ९०, रातो आलु ४५, सेतो आलु ४०, स्थानीय काउली २०, लोकल बन्दा २५, नरिवल बन्दा २५ र तराईको बन्दा कोबी २०, लाम्चो भन्टा ३५, डल्लो भन्टा ४०, मटरकोशा ९०, घिउ सिमी ६०, तिते करेला १००, लौका ५०, भिण्डी १००, बरेला ४० रुपैयाँ प्रतिकिलो छ ।
सखरखण्ड ८०, डल्ले च्याउ ३३०, कन्य च्याउ ८०, ब्रोकाउली ५० र काँक्रा ९० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।
तस्बिर: रासस
![](https://sagarmatha.tv/wp-content/uploads/2025/01/tarul_3-1736473767-Copy-540x355.jpg)
![](https://sagarmatha.tv/wp-content/uploads/2025/01/tarul_4-1736473771-Copy-540x380.jpg)
काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजारमा तरुल खरिद गर्दै उपभोक्ता । कालीमाटी बजारमा प्रतिकेजी तरुल रु ८० देखि रु १०० सम्ममा बिक्री भएको व्यापारी बताउँछन् । माघे सङ्क्रान्ति नजिकिदै गर्दा बजारमा तरुल प्रशस्त भित्रिएको छ । माघे सङ्क्रान्तिका दिन घिउ, चाकु, तिलको लड्डुसँगै तरुल खाने परम्परा रहेको छ । यी खाने कुराहरु खाएमा शरीर न्यानो हुने जनविश्वास रहेको छ । तस्बिर: हरिराम भेटुवाल/रासस
![](https://sagarmatha.tv/wp-content/uploads/2025/01/tarul_5-1736473772-Copy-540x366.jpg)
![](https://sagarmatha.tv/wp-content/uploads/2025/01/tarul_8-1736473777-Copy-540x360.jpg)
laqmLsf nflu Joj:yfkg u/L /flvPsf] t?n
sf7df8f}Fsf] sflndf6L kmnkm”n tyf t/sf/L ahf/df laqmLsf nflu Joj:yfkg u/L /flvPsf] t?n . tl:a/M xl//fd e]6’jfn÷/f;;
![](https://sagarmatha.tv/wp-content/uploads/2025/01/tarul_6-1736473781-Copy-540x348.jpg)
![](https://sagarmatha.tv/wp-content/uploads/2025/01/tarul-byapar-540x357.jpg)
![](https://sagarmatha.tv/wp-content/uploads/2025/01/tarul_1-1736473763-540x330.jpg)