जोडिनुहोस
  • होमपेज
  • अमेरिकाको क्यालिफोर्नियामा भइरहेको आगलागी थप फैलने चेतावनी, मृत्यु हुनेको संख्या १६

अमेरिकाको क्यालिफोर्नियामा भइरहेको आगलागी थप फैलने चेतावनी, मृत्यु हुनेको संख्या १६

काठमाडौं। अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा भइरहेको आगलागी फेरी तिब्र गतिमा फैलन सक्ने भन्दै चेतावनी जारी भएको छ । अमेरिकाको मौसम सेवा विभागले चेतावनी जारी गर्दै रिहायसी इलाकामा आगलागी तिबै गतिमा फैलन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

आगो निभाउनका लागि हेलिकोप्टरबाट पानी र आगो निभाउने ग्यास खन्याउने काम भइरहेपनि रोक्न नसकिएको अमेरिकाको हवाइ सेनाले जनाएको छ । क्यालिफोर्नियाका सात वटा छिमेकी अमेरिकी राज्य सहित क्यानडा र मेक्सिकोबाटसमेत आगो निभाउन सहयोग भइरहेको छ । प्रशासनले स्थानीयबासिन्दालाई घरबाट बाहिर ननिस्कन भनेको छ ।

लस एन्जसलमा इतिहासकै खराब आगलागी भइरहेको छ । अहिलेसम्म १६ जनाको ज्यान गइसकेको छ । शहरका हजारौँ संरचना जलेर नष्ट भइसकेका छन् । सुख्खापन र तीब्रगतिको हावाले गर्दा आगो निभाउन निकै सकस परिरहेको छ । लाखौँ मानिस घर छाडेर भागेका छन् । आगलागीका कारण विषाक्त धुँवा र हावा फैलिएपछि लस एन्जलस काउन्टीमा स्वास्थ्य आपतकालको घोषणा भएको छ ।

धेरै टिप्पणी गरिएका