
काठमाडौं। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी खोलामा पुल भासिएको स्थान नजिकैबाट दुईतर्फी डाइभर्सन बनाएपछि यात्राको अवधि छोटिएको छ ।
पहिले पुल छेउबाटै डाइभर्सन नहुँदा लामो यात्रा गर्नुपर्ने बाध्यता थियो । ‘गएरातिदेखि पुलको छेउमै ह्युमपाइप राखेर दुईतर्फी डाइभर्सन बनेपछि करिब एक/डेढ घण्टा यात्रा छोटियो,’ नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले भने ।
पहिले पुल छेउमै डाइभर्सन नहुँदा होङ्सी सिमेन्ट कारखानाको छेउछेउ हुँदै घुमाउरो यात्रा गर्नु पर्दथ्यो । ‘पुल छेउबाटै गाडी गुड्न थालेपछी अब यात्रा पहिलेको जस्तै भयो,’ पोखरेलले भने ।
गत बिहीबार विनयी खोलाको पुल भाँचिएपछि यात्रा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो ।