
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रियबीच भलिबल प्रतियोगिता उद्घाटन गरेका छन् । नेपाल भलिबल सङ्घको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
बालुवामाथि खेलिने भलिबल प्रतियोगिता खेलकुद र पर्यटन दुवै हिसाबले महत्त्वपूर्ण मानिन्छ। सुनकोशी नदीको किनारामा खेल सुरु भएको छ।