रियो दि जिनरियो। ब्राजिलले विद्यालयमा स्मार्ट फोन बोक्न प्रतिबन्ध लगाएको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागु भएको छ ।
तर, स्मार्ट फोनको सहायतामा कक्षा लिइरहेका अपाङ्गता भएका र फरक क्षमताका विद्यार्थीलाई नयाँ नियमले अप्ठयारो पार्ने जनाएका छन् ।
उता, शिक्षा मन्त्री क्यामिलो सान्टानाले सोमबार राजधानी ब्रासिलियामा पत्रकारहरूलाई भने, ‘बच्चाहरू सानै उमेरमा अनलाइन जान्छन्, आमाबाबुलाई उनीहरूले के गरिरहेका छन् भनेर हेर्न गाह्रो बनाइरहेका थिए, अब स्कूलमा स्मार्टफोन प्रतिबन्धले अभिभावकलाई सजिलो बनाउनेछ।’
‘हामी ती उपकरणहरू अन्य धेरै देशहरूमा जस्तै कक्षामा शैक्षिक उद्देश्यका लागि र शिक्षकको मार्गदर्शनको साथ प्रयोग गर्न चाहन्छौँ,’ सान्तानाले अगाडि भने ।
सन २०२३ सम्म ब्राजिलका दुईतिहाइ विद्यालयहरूले सेलफोन प्रयोगमा केही प्रतिबन्ध लगाएका थिए । २८ प्रतिशतले यसअघि नै पूर्ण प्रतिबन्ध लगाएको ब्राजिलको इन्टरनेट स्टियरिङ समितिले गत अगस्टमा जारी गरेको सर्वेक्षणमा उल्लेख गरिएको थियो ।
अब सरकारले पूर्ण प्रतिबन्ध लगाउँदै स्मार्टफोन लिएर विद्यालय आउन दिएको भेटिएमा कारबाही गर्ने पनि नयाँ कानुनमा उल्लेख गरिएको छ ।ालसँग जोडिएको छ । माडी नगरपालिका–५ स्थित ऐतिहासिक एवं धार्मिकस्थल सोमेश्वरगढीमा सडक जोडिएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि नयाँ गन्तव्यस्थल बनेको छ ।
तीन घण्टा उकालो पैदल हिँडेर यहाँ पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । गढीमा हाल घुम्न र दर्शन गर्न आउने पर्यटक बढेका छन् । सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर पोखरेलका अनुसार वसन्तपुरबाट ११ किलोमिटर दूरीमा रहेको सो मन्दिरमा हाल ३० मिनेटमा पुग्न सकिन्छ ।
सडक सञ्जाल विस्तार भएसँगै यस स्थानमा घुम्न, वनभोज खान आउनेको सङ्ख्या उल्लेख्य वृद्धि भएको अध्यक्ष पोखरेलले बताए। माडी उपत्यका चितवन राष्ट्रिय निकुञ्जले तीनतर्फ र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको छ ।
पाल्पाका तत्कालीन राजा मुकुन्द सेनले अङ्ग्रेजबाट जोगिन बनाएको सो गढी नेपाल–भारतको दृश्यावलोकनको केन्द्र र ऐतिहासिक धार्मिक क्षेत्रका रूपमा विकास हुँदै गएको छ । यहाँ बर्सेनि रामनवमीमा पूजापाठ गर्ने भक्तालुको घुइँचो लाग्छ । सोमेश्वर कालिका मन्दिर महादेव र कालीको वासस्थान रहेको शक्ति पीठ हो ।
भरतपुरबाट ५० किमी दूरीमा पर्ने सोमेश्वरगढीमा माडी नगरपालिकाको सक्रियतामा राष्ट्रियस्तरका मूर्तिकारद्वारा ५० बढी ढुङ्गामा विभिन्न देवदेवीका मूर्ति कुँदिएका छन् ।