
काठमाडौं। काठमाडौंको काँडाघारीबाट रक्तचन्दन बरामद भएको छ। बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरी स्रोतले जनाएको छ ।
बुधबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरी स्रोतको भनाइ छ ।
रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् । उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।