जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • १ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ३ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ४ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ६ घन्टा अगाडि
  • ६ घन्टा अगाडि
  • होमपेज
  • आज २०८१ साल माघ १९ गते शनिबारको राशिफल

आज २०८१ साल माघ १९ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः सञ्चित धन खर्च हुनेछ। स्वास्थ्य क्षेत्रको लगानीमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ। सेवाको अवसर मिल्नेछ। परिवारमा गोपनीयता भंग गरेमा घाटा हुनेछ।

वृषः धार्मिक क्षेत्रको यात्रा तय हुने दिन छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या पर्नेछ। सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। व्यापारमा भने फाइदा हुनेछ।

मिथुनः साना कुराले मन अशान्त बन्नेछ। गणेशको सेवा गर्न सकेमा दिन सहज बन्नेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। विज्ञसँगको भेटले मनमा ऊर्जा मिल्नेछ। परिवारमा सुखशान्ति मिल्नेछ।

कर्कटः शनिको प्रभावले साथी टाढा हुनेछ। स्वास्थ्यमा सुधार हुनाले मनमा उत्साह मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। राजनीतिक व्यक्तिसँग सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ।

सिंहः परिवारको साथ र सहयोग प्राप्त हुनेछ। रोगसँग लड्ने क्षमता बढाउन खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कन्याः नजिकका साथीले तपाईंको बोलीको गलत अर्थ लगाउने जोखिम रहेको छ। व्यापारमा भन्दा शिक्षामा गरेको प्रयास सफल बन्नेछ। खानपानमा समस्या हुनसक्छ। परिवारले निगरानी गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

तुलाः शिक्षा क्षेत्रको लगानीले उत्साह मिल्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको तर्फबाट उचित सुझाव प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह मिल्नेछ।

वृश्चिकः बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले औषधीलाई नियमित गर्नु उचित हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। गोप्य योजना सुरुमा परिवारभित्र सार्वजनिक गर्दा ठुलो घाटा हुनेछ।

धनुः दैनिकी सामान्य छ। व्यापारमा लगानी नगर्नु उचित हुनेछ। सहकर्मीसँग लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ। विपक्षी तपाईं भन्दा बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु पर्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखयम बित्नेछ।

मकरः लगानीका क्षेत्रमा घाटा बढ्नेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। दाजुभाइसँगको सहकार्यले मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने देखिन्छ। परिवारसँग रमाइलो गरेर दिन बिताउने समय रहेको छ।

कुम्भः गुम्न लागेको धन प्राप्त हुनेछ। दाजुभाइबाट भन्दा सहकर्मीबाट उचित सल्लाह पाउने योग छ। शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो छ। बिहान उठेर पिपलको परिक्रमा मात्र गरेमा दिन सहज बन्नेछ।

मीनः अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। अरुका कुरा थोरै सुनेर आफ्नो काम गर्नु उचित हुनेछ। परिवारले दिएको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ। व्यापारमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs