काठमाडौं। नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको संयुक्त बैठक आज बस्दैछ ।
पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्न लागेको हो ।
संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा पार्टीका तर्फबाट मन्त्री रहेकाहरूले अहिलेसम्म भएका कार्यप्रगतिबारे ब्रिफिङ गर्ने छन् ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट सहभागी १० मन्त्री र दुई राज्यमन्त्री उपस्थित हुनेछन् भने सो दलको कार्यसमितिमा रहेका सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी हुने जनाइएको छ ।