
काठमाडौं। जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
फाइनलमा त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै पुलिस विजेता बनेको हो ।
पुलिसलाई जिताउन स्पिनर जोडी सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । सागरले ६ र ललितले ४ विकेट लिएका छन्