
काठमाडौं। नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ जारी गरेको छ ।
जसमा २५ करोड रुपैयाँसम्म पुँजी भएका कम्पनीले पनि सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्ने पाउने भएका छन् ।
नियमावली आज बिहीबारबाट लागू हुने धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार साना कम्पनीहरूको लागि छुटै कारोबार गर्ने माध्यम हुने बताए ।
‘साना कम्पनीहरूले आईपीओ निष्कासन गर्ने छुट्टै व्यवस्था ल्याइएको हो’, प्रवक्ता घिमिरेले भने, ‘त्यसको लागि छुटै माध्यममा पनि ल्याउनुपर्ने हुन्छ ।’
ऐनले व्यवस्था गरे अनुसार न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनुपर्ने छ ।
हेर्नुहोस् नियमावलीको पूर्णपाठ