जोडिनुहोस
  • होमपेज
  • काँग्रेसले बडूको संयोजकत्वमा बनायो अनुशासन समिति

काँग्रेसले बडूको संयोजकत्वमा बनायो अनुशासन समिति

काठमाडौं। नेपाली काँग्रेसले संसदीय दल अनुशासन समिति बनाएको छ ।

बुढानिलकण्ठमा बसेको काँग्रेस संसदीय दल केन्द्रिय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई तोकेको छ ।

पार्टीको तर्फबाट सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, अर्थ समितिको संयोजकमा डा. प्रकाशशरण महत रहेका छन् । यस्तै कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई तोक्ने निर्णय भएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका