जोडिनुहोस
  • होमपेज
  • ‘हमास–इजरायल युद्धविराम आइतबारदेखि लागु हुन्छ’

‘हमास–इजरायल युद्धविराम आइतबारदेखि लागु हुन्छ’

दोहा। इजरायल र हमासबीचको युद्धविराम आइतबारदेखि लागु हुने भएको छ ।

कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजीज अल थानीका अनुसार आइतबारदेखि युद्धविराम लागु हुने बित्तिकै गाजामा खाद्यान्न र स्वास्थ्य सामाग्रीलगायतका समान बोकेका ट्रकहरू प्रवेश गर्न थाल्नेछन् ।

उनका अनुसार सो क्रममा हमासले ३३ बन्धकहरूलाई रिहा गर्नेछ भने र इजरायलले सयौँ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने जनाइएको छ ।

सो सहमति पछि इजरायली मन्त्रीपरिषद्ले अनुमोदन गर्ने गरी तयारी सुरु भएको इजरायली मिडियाले जनाएका छन् । कतार र अमेरिकाको पहलमा यो युद्धविराम हुन लागेको हो ।

यो युद्धविराममा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सहकार्य भएको जनाइएको छ, यो युद्धविरामलाई विश्वभरबाट स्वागत गरिएको छ ।

संयुक्त राष्ट्र संघले सेवा र उद्धारका लागि ट्रकहरू तयार पारिएको जनाएको छ । युद्धविराम लागु हुने बित्तिकै थप सहायता ट्रकहरू गाज पट्टीमा प्रवेश गर्न सुरु गर्ने उसले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका