जोडिनुहोस
  • होमपेज
  • विदेशको सीप र पुँजी स्वदेशको विकासमा लगाउनुस् ; देउवा

विदेशको सीप र पुँजी स्वदेशको विकासमा लगाउनुस् ; देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सीकेका ज्ञान, सीप, अनुभव र पुँजी प्रयोग गरेर स्वदेशको विकासमा योगदान गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रवासमा नेपाली स् सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक कार्यक्रममा सभापति देउवाले देशको विकासमा सबैको योगदान आवश्यक रहेको बताए ।

त्यसका लागि आवश्यक नीतिगत परिवर्तनका लागि आफू तयार रहेको उनको भनाइ छ ।

‘विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक सामाजिक विकास गराउन के कस्ता नीतिगत परिवर्तन गराउनुपर्नेछ, निर्धक्क भन्नुहोस्, राष्ट्रिय सहमति गराएर कार्यान्वयन गराउनेछौं,’ देउवाले भने ।

उनले नेपालमा लोकतन्त्र बचाउन विदेशमा रहेका शिक्षित, अनुभवी, परिश्रमी नागरिकको आवश्यक रहेको भन्दै उनले पार्टीलाई निरन्तर सघाउन आग्रह गरे ।

विश्वको जुनसुकै कुनामा रहे पनि नेपालीहरू प्रति सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने बताएका देउवाले विदेशमा रहेका नेपालीलाई सक्रिय बनाएर आइपरेका समस्या समाधान गर्न प्रयास गरिने विचार व्यक्त गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 115