जोडिनुहोस
  • होमपेज
  • प्रचण्डबिनै सिंहदरबारमा ओली र देउवाबिच भेटवार्ता

प्रचण्डबिनै सिंहदरबारमा ओली र देउवाबिच भेटवार्ता

सत्ता साझेदार दल एमाले र कांग्रेसका दुई शीर्ष नेताबिच सिंहदरवारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको हो ।

दुई नेताबिचको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत भेटवार्तामा सहभागी हुने भनिएपनि प्रचण्ड भने गएका छैनन् ।

शीर्ष नेताको भेटवार्तामा सरकारका तर्फबाट संसद्‌मा पेश हुने आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम, टीआरसी लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका