जोडिनुहोस
  • होमपेज
  • विश्वास गुमाएका मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : नेता बानियाँ

विश्वास गुमाएका मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : नेता बानियाँ

वाग्मती। नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

‘उनले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ’, आफ्नो र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको स्पष्ट गर्दै नेता बानियाँले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका