जोडिनुहोस
  • होमपेज
  • राजसंस्था फर्काउने आन्दोलनको कमाण्ड डा. धवलशमशेर राणाको हातमा

राजसंस्था फर्काउने आन्दोलनको कमाण्ड डा. धवलशमशेर राणाको हातमा

काठमाडौं । नेपालमा संवैधानिक राजसंस्था, सनातन हिन्दू अधिराज्यसहित बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनाका लागि आन्दोलनरत संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफ्नो अनुपस्थितिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणालाई कार्यवाहक संयोजकको जिम्मेवारी सुम्पेका छन् । सुवेदी केही समयका लागि पारिवारिक कामले छोरासहित अष्ट्रेलिया प्रस्थान गर्ने भएपछि सो अवधिमा समितिको सम्पूर्ण जिम्मेवारी डा. राणालाई हस्तान्तरण गरेका हुन् ।

आज जारी एक प्रेस विज्ञप्तिमा संयोजक सुवेदीले भनेका छन्, ‘म केही समय देश बाहिर हुनेछु । म देश बाहिर रहुन्जेल, मेरो अनुपस्थितिमा मैले गर्दै आएको सम्पूर्ण जिम्मेवारी कार्यवाहक संयोजकको रुपमा निर्वाह गर्न आन्दोलन परिचालन समितिका संयोजक मा. डा. धवलशमशेर राणालाई अख्तियारी दिएको छु ।’

यससँगै समितिको कार्य सञ्चालनका लागि आवश्यक सम्पूर्ण अधिकार डा. राणामा निहित भएको छ । संयुक्त जनआन्दोलन समितिले देशमा संवैधानिक राजसंस्थाको पुनःस्थापना, नेपाललाई सनातन हिन्दू अधिराज्य घोषणा तथा बहुदलीय प्रजातन्त्रको सुदृढीकरणका लागि निरन्तर आन्दोलन गर्दै आएको छ ।

डा. राणा, राप्रपाका एक प्रभावशाली नेताका रुपमा परिचित छन् र उनले यसअघि पनि राजसंस्था तथा हिन्दू राष्ट्रका पक्षमा सशक्त आवाज उठाउँदै आएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Mother your children are like birds