जोडिनुहोस
  • होमपेज
  • एमाले महाधिवेशनका लागि काठमाडौंबाट ४८ प्रतिनिधि चयन,तीन जिल्लाका अध्यक्षको अभिभावकीय भूमिकामा

एमाले महाधिवेशनका लागि काठमाडौंबाट ४८ प्रतिनिधि चयन,तीन जिल्लाका अध्यक्षको अभिभावकीय भूमिकामा

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि काठमाडौं जिल्लाबाट १० वटै निर्वाचन क्षेत्र समेटेर ४८ जना प्रतिनिधि चयन भएका छन्। चयन भएका मध्ये ३५ जना पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षधर रहेको दाबी सो समूहले गरेको छ। प्रतिनिधि छनोटमा काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्षहरू भने परेनन्। उनीहरूले नेतृत्वलाई अवसर दिन अभिभावकीय भूमिकामा सीमित रहने निर्णय गरेको बताएका छन्।

काठमाडौंका ४८ प्रतिनिधिका नाम सार्वजनिक

काठमाडौं निर्वाचन क्षेत्र नं. १ देखि १० सम्मका सूचि अनुसार गणेश दुलाल, विष्णुकुमारी भुसाल, रामप्रसाद ओमागाई, सफल श्रेष्ठ, मणिराम फुयाँल, सानुकुमार श्रेष्ठ, नवराज दाहाल, शोभा कार्की, शान्ता थापा, कल्पना राजचल, इसादेवी गुरुङ, श्यामकृष्ण कर्माचार्य, विश्वराज श्रेष्ठ, डा। विदुर चालिसे, उद्धव खरेल, श्रीकृष्ण श्रेष्ठ, प्रकाश कटुवाल, सुनिता गुरुङ, सरस्वती कार्की, ध्रुवराज पाण्डे, रत्ना गुरुङ, रामकृष्ण श्रेष्ठ, अम्बर डंगोल, विश्वनाथ लामिछाने, कृष्णप्रसाद अधिकारी, देवीमाया आचार्य, बिन्दा बुढाथोकी, श्यामकृष्ण महर्जन, प्रकाश श्रेष्ठ, जीवन मानन्धर, पूर्णिमा श्रेष्ठ, सपना अर्याल, प्रमेश धिमाल, राजेश शाक्य, शंकर केसी, सुशीला अधिकारी, बब्लु शिवाकोटी, केशवप्रसाद पोखरेल, उत्तमबहादुर राउत, पूर्णकुमार तण्डुकार, रञ्जु खड्का, सानुमैया खड्का, प्रेमबहादुर शाही, महेश तामाङ, सन्तोष खड्का, लक्ष्मी लुइँटेल काफ्ले र बसन्ती श्रेष्ठ रहेका छन्। दलिततर्फ भक्त दर्नाल चयन भएका छन्। क्षेत्र नम्बर ६ र १० का सबै प्रतिनिधि निर्विरोध चयन भएका हुन्।

अध्यक्षहरू प्रतिनिधि नबन्नुको कारण

काठमाडौंका अध्यक्ष दीपक निरौला, ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य र भक्तपुरका अध्यक्ष बचन देउजाले यसपटक महाधिवेशन प्रतिनिधिमा नजाने निर्णय गरेका छन्। उनीहरूले “अभिभावकको भूमिका” खेल्दै अन्य नेताहरूलाई मौका दिने उद्देश्य भएको बताएका छन्।

काठमाडौं : १४ हजार ७ सय हाराहारी सदस्य → ४८ प्रतिनिधि

भक्तपुर : ७ हजार ५७ सदस्य → १४ प्रतिनिधि

ललितपुर :७ हजार सदस्य → १४ प्रतिनिधि

विद्या पक्ष–विवाद जोडिन खोज्दै

काठमाडौंमा आफूहरूका ३५ प्रतिनिधि चयन भएको विद्या भण्डारी पक्षधर समूहले दाबी गरिरहेका बेला एमाले किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष भेषराज अधिकारी प्रतिनिधि बन्नबाट रोकिएको आरोप छ। अधिकारी विद्या भण्डारीका पूर्व स्वकीय सचिव पनि हुन्। महासङ्घमा अध्यक्षले एकलौटी रूपमा प्रतिनिधि घोषणा गरेको भन्दै असन्तुष्ट पक्षले आपत्ति जनाएको छ। त्यस्तै बुद्धिजीवीतर्फ ‘विद्या पक्षका’ गजेन्द्र थपलियालाई पनि किसान महासङ्घमा जस्तै घोषणा गर्न रोकिन भएको बताइएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका