
किमाथांका– सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनः सञ्चालनमा आएको छ ।
भोटखोला–३ सेम्बुङ डाँडास्थित खाँदबारी–किमाथांका सडक एक दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए।
शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो । सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए।
सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका आवतजावत गर्ने सवारीसाधन रोकिएका थिए । त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ ।