
काठमाडौं। काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अचलन प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
जोशीविरुद्ध मुद्दाको पेसी जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा तोकिएको छ । खरेलको इजलामा जोशीको बयान र थुनछेक बहस हुनेछ ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । उनी कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।