जोडिनुहोस
  • होमपेज
  • १२.५८ अङ्कले बढ्यो नेप्से, ६ अर्ब २५ करोड रुपैयाँको कारोबार

१२.५८ अङ्कले बढ्यो नेप्से, ६ अर्ब २५ करोड रुपैयाँको कारोबार

काठमाडौं। हप्ताको पहिलो दिन सेयर बजार दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १२.५८ अङ्कले बढेर २ हजार ६०१.२१ विन्दुमा पुगेको छ ।

आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको सेयर बढेको छ । आज फाइनान्स र उत्पादन समूहको सेयर दुई प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

बजार दोहोरो अङ्कले बढेको दिन बोटलर्स नेपाल (बालाजु) कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सुपर मादी हाइड्रोपावर कम्पनीको सेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ५ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३२५ वटा कम्पनीका १ करोड २९ लाख कित्ता सेयर ६ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका