काठमाडौं। आइसिसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन जोड्यो ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन् । ओपनर सावित्री धामीले १० रन बनाइन् ।
ज्योत्सनिका मरासिनी र किरण कुँवरले समान ४–४ रन बनाइन् । रिया शर्मा र कृष्मा गुरुङले समान २–२ रन जोडिन् ।
साना प्रवीण र सना प्रवीणले समान १–१ रनको योगदान दिइन् । एलिशाकुमारी यादवले ३ रन जोडिन् । रचना चौधरी शून्य रनमा आउट भइन् भने अनु कडायत ५ रनमा नटआउट रहिन् ।
स्कटल्यान्डका लागि माइसी मासेइराले सर्वाधिक ५ विकेट लिइन् । एमी बाल्डी र नायमा शेखले समान २–२ विकेट लिइन् । क्रिस्टी म्याकोलले १ विकेट हात पारिन् ।