जोडिनुहोस
  • होमपेज
  • गोकुल बास्कोटाको प्रश्न– अध्यादेश अलोकतान्त्रिक कसरी हुन्छ ?

गोकुल बास्कोटाको प्रश्न– अध्यादेश अलोकतान्त्रिक कसरी हुन्छ ?

काठमाडौं। नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले ल्याएको अध्यादेश अलोकतान्त्रिक नभएको दाबी गरेका छन् ।

मंगलवार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेश संवैधानिक व्यवस्था अनुरुप नै रहेको दाबी गरेका हुन् । उनले अध्यादेश आउनु लोकतन्त्रले व्यवस्थाअनुरुप नै आएको बताए ।

उनले अध्यादेश ल्याउने व्यवस्था संविधानमा राखेको भन्दै कसरी अलोकतान्त्रिक हुन्छ भन्दै प्रश्न गरे । उनले संविधानमा भएको व्यवस्थाअनुसार सरकारले अध्यादेश ल्याउँदा अलोकतान्त्रिक हुने हो भने त्यो बुँदालाई संविधानबाट झिक्न आवश्यक रहेको बताए ।

सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेशको निजी क्षेत्रबाट स्वागत भएको बताउँदै दल फुटाउन ल्याएको भनी व्याख्या गर्न नहुने बताए ।

उनले अध्यादेशको विरोध भन्दा पनि कन्टेन्टमा जान आवश्यक रहेको बताए । ‘अध्यादेशको बारेमा कुरा उठ्यो । अध्यादेश आउनु लोकतन्त्र हो की होइन भन्नेकुरा अनौठो लाग्छ । अध्यादेश ल्याउने व्यवस्था संविधानमा नै छ । कसरी अलोकतान्त्रिक हुन्छ । पहिला संविधानको त्यो बुदा झिकेर फालिदिनुप¥यो । कुनैपनि सरकारले अध्यादेश ल्याउन पाउँदैन,’ उनले भने, ‘अध्यादेशको परीक्षण कहाँ हुने हो । दुई महिनाभित्र हुनुपर्छ । सांसदमा नै हुनुपर्छ । त्यसको कन्टेनमा हामी जाँदैनौं । कन्टेनमा जाऔं । कति ठिक कति बेठिक हो । निजी क्षेत्रले स्वागत गरेको छ । लोकतन्त्रमा सरकारको निगरानी संसदले नै गर्छ ।’

उनले विगतका सरकारले पनि अध्यादेश ल्याएको स्मरण गराउँदै कम्तिमा ४० प्रतिशत गरेर दल फुटाउन २० प्रतिशत भन्ने अध्यादेश अहिलेको सरकारले नल्याएको बताए ।

सांसद बास्टोकाले बजेट कार्यान्वयनबारे संसदले चासो राख्नुपर्ने बताए । उनले बजेट खर्चबारे प्रश्न गरे ।

उनले बजेट पास भयो, ठेक्का कति लागे ? अहिलेसम्म ठेक्का लाग्दैन भने कहिले लाग्छ ? भन्दै प्रश्न गरे । ‘बजेट पास भएको कति हो ? नीति कार्यक्रम बजेट पास भएको कति भयो । ठेक्का कति र कहिले लाग्यो,’ उनले भने,‘हामी कसैलाई पनि थाहा छैन । सांसद बोलाइएको छ ।अहिलेसम्म ठेक्का लाग्दैन भने ठेक्का कहिले लाग्छ ?’

सांसद बास्कोटाले बाढी पीडित क्षेत्रमा केही काम हुन नसकेको भन्दै असन्तुष्टि जनाए । ‘म पनि बाढी पीडित क्षेत्रको मान्छे हुँ । त्यहाँ केही पनि काम भएको छैन । विपी हाइवे कति बनेको छ ? पूर्व जाने मधेस झर्ने कति जना हुनुहुन्छ’ उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका