
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुक अफ इडिनबर्गको आसन्न नेपाल भ्रमणका विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चअधिरीहरुको समेत सहभागिता थियो ।