
काठमाडौं। नेपाली कांग्रेसले नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयमा आज संवाद गोष्ठी गर्ने भएको छ ।
गोष्ठी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो साढे १२ बजे सुरु हुने केन्द्रीय सदस्य तथा आर्थिक नीति तथा योजना विभागका प्रमुख डा. गोविन्दराज पोखरेलले जानकारी दिए ।
संवाद गोष्ठीमा डा. डिल्लिराज खनाल, डा. मीनबहादुर श्रेष्ठ, रामेश्वर खनाल, प्रा.डा. सञ्जय आचार्य, डा. इन्द्र अधिकारी र सेमन्त दाहाल वक्ता रहेका छन् ।