काठमाडौं। नेपाली बजारमा साताको पाँचौँ दिन आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।