
काठमाडौं। रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा थुनछेक बहस जारी छ ।
न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा सभापति लामिछानेको थुनछेक बहस भइरहेको छ । तर, थुनछेक बहस भइरहेका बेला सरकारी वकिलहरूले न्यायाधीश योगीमाथि प्रश्न उठाएका छन् ।
उनीहरूले थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएका प्रतिवादीलाई परिवारको जिम्मा लगाएर छाडेको भन्दै न्यायाधीश योगीमाथि प्रश्न उठाएका हुन् । यो मुद्दामा न्यायाधीश योगीले ‘मुद्दा हेर्न नमिल्ने घोषणा’ गर्नुपर्ने माग गरेका थिए ।
तर, न्यायाधीश योगी आफ्नो आदेशमा अडिग रहेका थिए । न्यायाधीश योगीले आफू मुद्दाबाट पछि नहट्ने अडान लिएपछि थुनछेक बहस सुरु भएको थियो ।